दर्शनाचार्य (M.Phil ) कार्यक्रम अन्तर्गत आवेदन फारम भर्ने सम्बन्धि सूचना |

राजर्षिजनक विश्वविद्यालय अन्तर्गत मानविकी तथा कानून संकायद्वारा यसै शैक्षिक शत्र २०८० देखि Online (भर्चुवल) विधिवाट संचालन हुने Eastern Philosophy (प्राच्य दर्शन, पूर्वीय दर्शन) विषयको दर्शनाचार्य (Master of Philosophy) तहमा भर्ना भई अध्ययन गर्न चाहने कुनै पनि विषयमा स्नातकोत्तर उतिर्ण ईच्छुक उम्मेदवारहरुका लागि आवेदन खुला गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ | साथै, उक्त प्रवेश परीक्षाको विस्तृत कार्यक्रम देहाय बमोजिम हुने व्यहोरा समेत जानकारी गराइन्छ |

विद्यार्थीहरुद्वारा भर्ना हुन विश्वविद्यालयको website : www.rju.edu.np मार्फत वा संकायमा भौतिक रुपमा उपस्थित भई निवेदन साथ सम्पूर्ण कागजातहरु Upload वा बुझाउन सकिनेछ | म्याद नाघी प्राप्त हुन आएका र  रीत नपुगेका निवेदन उपर कुनै कार्यवाही हुने छैन |

  • आवेदन फारम भर्ने समयावधि : मिति २०८० पौष १७ देखि २०८० माघ ८ गते बेलुका ४ बजेसम्म र विलम्ब शुल्कमा २०८० माघ १५ गते बेलुका ४ बजेसम्म |
  • आवेदन दस्तुर : रु.१५००/-(एक हजार पाँच सय)/ विलम्ब शुल्क : थप रु.५००/-(पाँच सय) |
  • संकायको खाता नं. : 11201050037020 (MANABIKI RA SAMAJIK SHASTRA SANKAYE)
  • बैंकको नाम : नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड
  • प्रवेश परीक्षा मिति र समय : २०८० माघ १९ गते विहान ११:०० – १२ :०० बजे सम्म |
  • परीक्षा केन्द्र : विश्वविद्यालय क्याम्पस, रा.ज.वि.जनकपुरधाम-८, धनुषा |
  • विद्यार्थी संख्या : २०
  • संलग्न गर्नु पर्ने कागजातहरु : निवेदन, बायोडाटा, नागरिकता तथा शैक्षिक प्रमाणपत्रहरुको छायाँकपि, फोटो-१, आवेदन दस्तुर जम्मा गरेको भौचर |

अन्य थप जानकारी लागि यस संकायको डीन कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ |

सम्पर्क नं. : 9854027374 / Email : [email protected]

Apply Here    

    Related Posts

    सम्माननीय प्रधानमन्त्री एवं कुलपति श्री केपी शर्मा ओलीज्यूको अध्यक्षतामा राजर्षिजनक विश्‍वविद्यालयको दशौं सभा २०८२ असार ३० गते प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्यो। सो साभा बैठकले आ.व. २०८१/२०८२ को अनुमानित खर्च तथा आ.व. २०८२/०८३ को प्रस्तावित बजेट माथी छलफल भै सफलतापूर्वक सम्पन्‍न भयो ।उक्त सभामा माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्री रघुजी पन्तज्यू, उपकुलपति प्रा.डा. अमर प्रसाद यादवज्यू, रजिष्ट्रार श्री सत्य नारायण साहज्यू, योजना आयोगका सदस्य माननीय गिता पौडेल अधिकारीज्यू, विश्‍वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीज्यू, अर्थ सचिव श्री घनश्याम उपाध्यायज्यू, शिक्षा सचिव श्री चुडामणि पौडेलज्यू लगायत सभा सदस्यज्यूहरु र आमन्त्रित अन्य विश्‍वविद्यालयका उपकुलपतिज्यूहरुको उपस्थितिमा रहेको थियो ।

    1 Response
    1. Balchandra Ghimire

      दर्शनाचार्य तहकाे कक्षाा पढाइ कहिलेदेखि हुने हाे जानकारी पाउ न ?

    Leave a Reply