राजर्षिजनक विश्वविद्यालय, विश्वविद्यालय क्याम्पस जनकपुरधाममा नयाँ भर्ना भएका विद्यार्थीहरूका लागि आयोजित अभिमुखीकरण (Orientation Program) सफलता पूर्वक सम्पन्न भएको छ। कार्यक्रममा उपकुलपति प्रा. डा. अमर प्रसाद यादवज्यूले नयाँ विद्यार्थीहरूलाई हार्दिक स्वागत गर्दै विश्वविद्यालयमा उपलब्ध शैक्षिक अवसरहरू, पूर्वाधार, शैक्षणिक वातावरण तथा विद्यार्थीहरूले अनुरूपता विकास गर्नुपर्ने प्रमुख पक्षहरूबारे मार्गदर्शन प्रदान गर्नुभयो।
उहाँले विश्वविद्यालयले अनुसरण गर्दै आएको शैक्षिक उत्कृष्टता, अनुसन्धानमैत्री वातावरण तथा विद्यार्थी–केन्द्रित नीतिहरूको परिचय गराउँदै विश्वविद्यालयमा उपलब्ध स्रोत, सुविधा र अवसरहरूको अधिकतम उपयोग गर्दै अकादमिक यात्रालाई सफल बनाउन विद्यार्थीसँग आग्रह गर्नुभयो।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले प्राप्त निर्देशन, प्रेरणा र सुझावले आफूहरूलाई विश्वविद्यालय जीवनका लागि थप उत्साहित र तैयार बनाएको प्रतिक्रिया दिएका छन् साथै नयाँ भर्ना भएका विद्यार्थीहरूले उपकुलपति ज्यूबाट प्राप्त प्रेरणा, निर्देशन तथा सुझावलाई अत्यन्तै उपयोगी र उत्साहवर्धक भएको अनुभूति व्यक्त गरेका थिए।







