१. परीक्षाधीहरुले परीक्षा दिन आउँदा आ-आफ्नो प्रवेश पात्र अनिवार्य रुपमा साथै लिएर आउनुपर्नेछ ।
२. परीक्षार्थीहरूले उत्तरपुस्तिका माथि छापिएका निर्देशनहरु राम्ररी पढनु र अनिवार्य रुपमा पालना गर्नुपर्नेछ ।
३. परीक्षार्थीहरुले केन्द्राध्यक्षद्वारा निर्देशित सीट-प्लान अनुसार नै आ-आफ्नो तोकिएको स्थानमा बस्नु पर्नेछ ।
४. परीक्षार्थीहरुले परीक्षा हुनुभन्दा आधा घण्टा पहिले परीक्षा केन्द्रमा गई आफ्नो निर्धारित ठाउँ पत्ता लगाई प्रश्नपत्र बाँडनुभन्दा ५ मिनेट अधि नै आफ्नो स्थानमा बस्नु पर्नेछ ।
५. परीक्षा प्रारम्भ भएको आधा घण्टाभन्दा बढी ढिलो गरी परीक्षा दिन आउने परीक्षार्थीहरुलाई परीक्षामा सम्मिलित गराइने छैन । ६. परीक्षार्थीले केन्द्राध्यक्षको अनुमतिविना परीक्षा प्रारम्भ भएको १ घण्टाभन्दा अगाडी नै आफ्नो सीट र परीक्षा भवन छाड्न पाउने छैन ।
७. एक सिटिङको परीक्षा अवधिमा एक पटक मात्र ५ मिनेटको लागि शौचालय जान पाउने छ। तर १५ मिनेटको वार्निङ्ग घन्टी लागिसकेपछि यो सुविधा प्राप्त हुने छैन ।
८. परीक्षार्थीले परीक्षामा कुनै प्रकारको चीट, पुस्तक र निषेधित वस्तु लग्न पाउने छैन। परीक्षा कोठामा एक अर्काको नक्कल तथा आपसमाकुराकानी गर्न पाउने छैन ।
९. परीक्षा दिँदा प्रश्न पत्र तथा ब्लटिङ्ग पेपरमा केही लेख्नु हुँदैन ।
१०. परीक्षार्थीले एक पटक आफ्नो उत्तरपुस्तिका बुझाई परीक्षा कोठाबाट बाहिर गइसकेपछि पुनः निजलाई परीक्षा भवनमा वस्न अनुमति दिइने छैन ।
११. कुनै किसिमको सरुवा रोग लागेका परीक्षार्थीलाई परीक्षामा बस्न दिइने छैन। तर रोगी परीक्षार्थीको अवस्था हेरी केन्द्राध्यक्षले छुट्टै ठाउँमा राखी परीक्षामा सम्मिलित गराउन सक्नेछ ।
१२. परीक्षाको माध्यममा भाषा विषयहरुबाहेक नेपाली वा अंग्रेजी बाहेकका अरु भाषामा परीक्षाको माध्यम गरेमा त्यस्ता परीक्षार्थीको परीक्षा रद्द गरिनेछ ।
१३. परीक्षाको कुनै विषयमा प्राप्त अङ्कबारे चित्त नबुझे बारेमा परीक्षार्थीले परीक्षाफल प्रकाशित भएको मितिले १५ दिन भित्र केन्द्रीय परीक्षा संचालन तथा अभिलेख केन्द्रमा कलेजमार्फत उजुरी गर्न पाउने छ । त्यस्तो उजुरीका सम्बन्धमा केन्द्रीय परीक्षा संचालन तथा अभिलेख केन्द्रको निर्णय नै अन्तिम हुनेछ ।
१४. परीक्षा संचालनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षकहरुद्वारा गरिएका निर्देशनहरुको पालना गर्नु र उहाँहरुसँग सद् व्यवहार गर्नु परीक्षार्थीको कर्तव्य हुनेछ । कर्तव्य पालन नगर्ने परीक्षार्थीलाई निष्काशन तथा निजको परीक्षा रद्द गर्न समेत सकिनेछ ।
१५. परीक्षाका सन्दर्भमा कुनै शिकायत भएमा केन्द्राध्यक्ष मार्फत रा.ज.वि. केन्द्रीय परीक्षा संचालन तथा अभिलेख केन्द्रमा निवेदन दिनुपर्नेछ ।
१६. परीक्षामा चाहिने उत्तरपुस्तिका बाहेकका लग टेबल, ग्राफ पेपर जस्ता सामाग्री परीक्षार्थीले केन्द्राध्यक्षलाई देखाई हलमा लान पाउने छ।
१७. परीक्षा भवनमा मोबाईल, स्मार्ट घड़ी आदि लिई प्रवेश गर्न पाइने छैन ।
नोट :- १) लब्याङ्ग-पत्र लिन आउँदा प्रवेश पत्र साथै लिई आउनु पर्नेछ । प्रवेश पत्र हराएमा प्रतिलिपि लिन तोकिएको शुल्क लाग्नेछ ।