उत्तरप्रदेश, भारत सरकारद्वारा आयोजित “भारत नेपाल मैत्री महोत्सव – २०२५” मा राजर्षिजनक विश्वविद्यालय, जनकपुरधाम र सिद्धार्थ विश्वविद्यालय, कपिलवस्तु, सिद्धार्थनगर, भारत विच शैक्षिक तथा सांस्कृतिक, अनुसन्धान, अध्ययन अध्यापन, शिक्षक, कर्मचारी तथा विद्यार्थी आदानप्रदान लगायतका विषयहरुमा मिति २०८१|१०|२५ गते सझौता सम्पन्न भएको थियो | उक्त सम्झौता राजर्षिजनक विश्वविद्यालयको तर्फबाट श्रीमान् उपकुलपति प्रा.डा.अमर प्रसाद यादव तथा सिद्धार्थ विश्वविद्यालयको तर्फबाट उपकुलपति प्रा.डा. कविता शाहज्यू बाट सम्पन्न भएको थियो |

Related Posts

सम्माननीय प्रधानमन्त्री एवं कुलपति श्री केपी शर्मा ओलीज्यूको अध्यक्षतामा राजर्षिजनक विश्‍वविद्यालयको दशौं सभा २०८२ असार ३० गते प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्यो। सो साभा बैठकले आ.व. २०८१/२०८२ को अनुमानित खर्च तथा आ.व. २०८२/०८३ को प्रस्तावित बजेट माथी छलफल भै सफलतापूर्वक सम्पन्‍न भयो ।उक्त सभामा माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्री रघुजी पन्तज्यू, उपकुलपति प्रा.डा. अमर प्रसाद यादवज्यू, रजिष्ट्रार श्री सत्य नारायण साहज्यू, योजना आयोगका सदस्य माननीय गिता पौडेल अधिकारीज्यू, विश्‍वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीज्यू, अर्थ सचिव श्री घनश्याम उपाध्यायज्यू, शिक्षा सचिव श्री चुडामणि पौडेलज्यू लगायत सभा सदस्यज्यूहरु र आमन्त्रित अन्य विश्‍वविद्यालयका उपकुलपतिज्यूहरुको उपस्थितिमा रहेको थियो ।

Leave a Reply