राजर्षिजनक विश्वविद्यालय परिवार यस गौरवमय अवसरमा आदरणीय अध्यक्षज्यू र सदस्यज्यूलाई हार्दिक बधाई ज्ञापन गर्दछ। विश्वविद्यालयको शैक्षिक, प्रशासनिक तथा प्राज्ञिक उन्नति, पारदर्शिता र सुशासनको प्रवर्द्धनमा सेवा आयोगको भूमिका अत्यन्तै महत्वपूर्ण रहनेछ भन्ने हाम्रो विश्वास छ।
विश्वविद्यालय सेवा आयोग उच्च शैक्षिक मान्यता कायम राख्दै दक्ष, योग्य र प्रतिभाशाली मानवस्रोतको छनोट तथा व्यवस्थापनमार्फत संस्थागत गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले स्थापित गरिएको हो। यस आयोगको नेतृत्व सम्हाल्दै जानुहुने अध्यक्षज्यू र सदस्यज्यूको दूरदृष्टिपूर्ण सोच, निष्ठा र प्रतिबद्धताले विश्वविद्यालयलाई अझ सबल र सक्षम बनाउन महत्त्वपूर्ण योगदान पुर्याउनेछ भन्ने अपेक्षा गरिएको छ।
यस अवसरमा हामी राजर्षिजनक विश्वविद्यालय परिवारको तर्फबाट प्रा.डा. केशव प्रसाद अधिकारीज्यू र सह–प्राध्यापक श्री अनिल कुमार साहज्यूलाई सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्दै, उहाँहरूको कार्यसम्पादनले विश्वविद्यालयको गौरव, विश्वसनीयता र प्रतिष्ठा अभिवृद्धि गर्न सहयोग गर्नेछ भन्ने आशा गर्दछौं।
✍️ राजर्षिजनक विश्वविद्यालय परिवार




